चीनले नेपाललाई १० लाख डोज खोप अनुदान दिने

काठमाडौं । लामो प्रतिक्षापछि खोप ल्याउने पहल थालेको नेपाललाई चीनले १० लाख डोज खोप अनुदान दिने भएको छ । यसअघि चीनले दिने भनेको खोप सरकारले समयमै ल्याउन सकेको थिएन ।

चौतर्फी दबाब पछि आज राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिङ पिङसँग नेपाललाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । सोही आग्रह बमोजिम चीनले नेपाललाई थप १० लाख डोज कोभिड १९ विरुद्धको खोप अनुदानमा दिने भएको हो ।

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपतिबीच आज झण्डै पौने घण्टा टेलिफोन कुराकानी भएको थियो । सोही कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सीले नेपाललाई तत्काल १० लाख डोज खोप अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सार्वजनिक गरेकी छिन् ।

बुधबार, १२ जेठ, २०७८, साँझको ०६:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर