विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा खाद्यन्य र स्वास्थ्य सामग्री वितरण गरेको छ ।

संघले एक कार्यक्रम आयोजना गरि आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सामाग्री र खाद्यान्न वितरण गरेको हो ।

दोस्रो लहरको कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा स्थानीय प्रशासनले निषेधाज्ञा गरेपछि आश्रममा सहयोग गर्नेको संख्या घट्नुको साथै खाद्यसामाग्री अभाव भएपछि संघले सामाजिक उत्तरदायित्व अन्तर्गत खाद्य र स्वास्थ्य सामग्री वितरण गरिएको संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । आश्रममा संघले १० वटा ग्याससहितको सिलिण्डर, खाद्य सामग्रीको साथै माक्स र सेनिटाइजर वितरण गरेको छ ।

संघले यसअघि जिल्ला प्रहरी कार्यालय मोरङ र नेपाल पत्रकार महासंघ मोेरङ शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । संघका अध्यक्ष लक्ष्मी तिम्सिना र अन्य पदाधिकारीहरूले संयुक्त रूपमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै आएका छन् ।

पहिलो लहरमा संक्रमण फैलिँदा पनि संघले मोरङको उर्लाबारीमा रहेको बाल आश्रम, विराटनगरको पुष्पलालचौक रहेको वृद्धआश्रममा पुगेर स्वास्थ्य सामामाग्री र खाद्यन्य बितरण गरेको थियो । सोही बेला संघले मोरङको इलका प्रहरी कार्यालयहरूमा पनि माक्स, सेनिटाइजर, ग्लोभ्स, फेस शील्ड बितरण गरेको थियो ।