वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिद्वारा दलहरुलाई २१ घण्टाको समय

विराटनगर । संविधानको धारा ७६ को उपधार ३ बमोजिम बनेको सरकारले विश्वासको मत पाउने आधार नदेखिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । यसका लागि उनले दलहरुलाई २१ घण्टा समय दिएकी छन् ।

राष्ट्रपति विद्या देवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि आह्वान गरेकी छन्। उनले जेठ ७ गते ५ बजेसम्मको समय दिएकी छन्।

राष्ट्रपतिले शुक्रबार साँझसम्म विश्वासको मत प्राप्त गर्ने आधारसहित सरकार गठनका लागि आह्वान गरेकी हुन्।

वैशाख ३० गते प्रधानमन्त्री ओलीले ठूलो दलको हैसियतले सरकार बनाएका थिए। संविधानको धारा ७६ को उपधारा ३ मा संसदमा सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री बन्ने प्रावधान छ। राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते तीन दिनको समय राखेर वैकल्पिक सरकार बनाउन आग्रह गरेको समयमा सरकार नबनेपछि ओली पुनः प्रधानमन्त्री बनेका थिए।

ओलीले जेठ ३० गतेभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने भए पनि उनले विश्वासको मत नलिने निर्णय गरेका हुन्। बिहिबारको मन्त्रिपरिषद बैठकमा आफूले विश्वासको मत नलिने जानकारी गराएका थिए।

बिहिबार, ०६ जेठ, २०७८, रातीको ०८:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर