लोड हुँदैछ...

मेनु

प्रदेश १ मा खोप ल्याउन पहल भईरहेको छ : मन्त्री राई

प्रदेश १ मा खोप ल्याउन पहल भईरहेको छ : मन्त्री राई

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ विरुद्धको खोप ल्याउनका लागि पहल भईरहेको बताउनु भएको छ । प्रदेश १ मा चाँडोभन्दा चाँडो खोप ल्याउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्याब्सन, हिसान र नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रतिनिधिसँग आज भएको छलफलका क्रममा मन्त्री राईले सो कुरा बताउनु भएको हो । कोरोना संक्रमणसँग जुध्दै वैकल्पिक विधिबाट शैक्षिक गतिविधिहरु सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो ।

छलफलका क्रममा निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन नेपाल (प्याव्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले प्रदेश सरकारले शिक्षकहरुका लागि खोपको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले वैकल्पिक विधिबाट शिक्षालाई अगाडी बनाईने बताउनुभयो । उहाँले भन्नुभयो,‘ सँधै विद्यालय बन्द गरेर राख्ने अवस्था हुँदैन ।’

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल र मोरङ अध्यक्ष राजेश कार्कीले प्रदेश सरकारले स्वास्थ्यमा केन्द्रित गरेर कार्यक्रम अघि बढाउन आवस्यक रहेकोमा जोड दिनुभयो । उहाँहरुले खोपलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय सदस्य तथा सत्यनारायण माविका प्रधानाध्यापक धर्मानन्द खरेलले प्रदेश सरकारले गत आर्थिक वर्षमा सञ्चालन गरेका राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेकाले उहाँले भौतिक पूर्वाधारमा पनि प्रदेश सरकारले ध्यान दिनुपर्ने आवस्यकता औंल्याउनुभयो ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

एपोलो कुमार भगत
May 21, 2021 9:02 AM

नमस्कार धेरै राम्रो सुझाव हो खोपको व्यवस्था गरेर प्रदेश १ भरिका सम्पुर्ण जनताहरू लाइ खोप लगाउने व्यवस्था गरौ किनकि दुइवटै खोप लगाएका ब्यक्ति कोभिड लागे पनि एकजना पनि मान्छे मरेको रेकर्ड तथ्याङ्क मा छैन होला।

प्रतिक्रियाहरू बन्द छन्।

This will close in 6 seconds