विराटनगर । भरतमोहन स्मृति प्रतिष्ठानले कोशी अस्पताल विराटनगरलाई २ सय थान पीपीई सेट हस्तान्तरण गरेको छ ।
प्रतिष्ठानका सल्लाहकार तथा निवर्तमान सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रतिष्ठानका सचिव महेश आचार्य, सदस्य महेश रेग्मी, सुवास आचार्य लगायतले कोशी अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराई र मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासलाई २ सय थान पीपीइ हस्तान्तरण गर्नुभएको हो ।
भरतमोहन अधिकारीको सम्झनामा स्थापित प्रतिष्ठानले स्थापनाकाल देखि नै सामाजिक कार्यगर्दै आएको सचिव महेश आचार्यले बताउनुभयो ।
स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गरि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेमा प्रतिष्ठानलाई मेडिकल सुपरिटेन्डेन्ट डा. दासले धन्यवाद दिनुभयो ।