विराटनगर । विराटनगरस्थित प्रदेश १ सरकार मातहतको कोशी कोभिड उपचार केन्द्रमा थप ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार बुधबार अपराहदेखि बिहीबार बिहानसम्मा थप ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।
बिहीबार बिहान ६ बजे विराटनगर ८ का ७६ वर्षीय वृद्धको मृत्यु भएको छ । बैशख ३० गते अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै बिहान करिब ३ः३० बजे इनरुवा नगरपालिका– ३ सुनसरीका ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । मृतक बैशाख ३१ गते उपचार केन्द्रमा भर्ना भएका थिए ।
बिहान साढे १ बजे सिरहा घर भएकी ५० वर्षीय महिलाको मृत्यु भएको छ । उनलाई बैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो ।
उपचार केन्द्रका अनुसार बुधबार दिउँसो विराटनगर महानगरपालिका– १० का ७० वर्षीय वृद्धको मृत्यु भएको थियो । उनलाई बैशाख २९ गते भर्ना गरिएको थियो ।
बुधबार दिउँसो नै विराटनगर महानगरपालिका– ९ का ८६ वर्षीय वृद्धको मृत्यु भएको थियो । उनलाई पनि बैशाख ३१ गते नै अस्पताल भर्ना गरिएको थियो ।
यस्तै इटहरी– ७ सुनसरीका ३० वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको हो । उनलाई बैशाख २२ गते अस्पताल भर्ना गरिएको थियो । बैशाख २९ गते भर्ना भएका विराटनगर महानगरपालिका– ८ का ४६ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको बुधबार अपरान्ह मृत्यु भएको थियो ।
विराटनगर महानगरपालिका– ९ का ५५ वर्षीय पुरुषको पनि कोसी कोभिडमा नै मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई बैशाख २७ गते अस्पताल भर्ना गरिएको थियो ।