विराटनगर । कोरोना भाइरसको दोश्रो लहरबाट भइरहेको तिब्र संक्रमणबाट सुरक्षित राख्न नेपालल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले प्रदेश समिति मार्फत प्रदेशका विभिन्न सामाजिक संघ संस्थाहरुलाई ५० हजार थान मास्क तथा ९५ लिटर सेनिटाइजर उपलब्ध गराएका छन् ।
विभिन्न जिल्ला उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघसमेतलाई उद्योगी राउतले मास्क तथा सेनिटाइजर उपलब्ध गराएका हुन् ।
उपाध्यक्ष राउतले नेपाल पत्रकार महासंघ प्रदेश १ र नेपाल पत्रकार महासंघ मोरङलाई १५/१५ सय थान मास्क उपलब्ध गराएका हुन् । राउतले खोटाङ उद्योग वाणिज्य संघलाई २ हजार थान, संखुवासभा उद्योग वाणिज्य संघलाई २ हजार, त्रियुगा उद्योग वाणिज्य संघ, उदयपुर उद्योग वाणिज्य संघलाई २ हजार थानका दरले मास्क उपलब्ध गराएका छन् ।
यस्तै बेलका उवासंघ, बेलटार उवासंघ, सूर्योदय उवासंघ, झुम्का उवासंघ, कन्काई उवासंघ, झापा उवासंघ, झापा उद्योग संघ, पथरी उवासंघ, बराहक्षेत्र उवासंघ, शिवसताक्षी उवासंघलाई एक हजार थानका दरले र इनरुवा उवासंघ, मेची उवासंघ, ताप्लेजुङ उवासंघ, इलाम, पाँचथर, ओखलढुंगा, धनकुटा र सुनसरी उद्योग वाणिज्य संघलाई दुई हजार थानका दरले मास्क वितरण गरेको नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ ले जनाएको छ । भोजपुर उद्योग वाणिज्य संघलाई २५ सय थान मास्क उपलब्ध गराइएको छ ।