विराटनगर । सामान्य घर झगडाको विषलयलाई लिएर मोरङको रंगेलीमा देवरले आफ्नै भाउजुको विभत्स तरिकाले हत्या गरेको खुलेको छ । रंगेली नगरपालिका–३ की २४ वर्षीय अनिता यादवको हत्या आफनै देवर १९ वर्षिय विनोद यादवले गरेको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा हत्यामा बिनोदको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

यसरी गरे बिनोदले भाउजुको हत्या

मङ्गलबार दिउँसो घरमा देवर भाउजूबीच सामान्य विषयलाई लिएर विवाद भएको थियो । विवादपछि बेलुका साढे सात बजे महिला घरबाट श्रीमान बेचन यादवलाई खोज्न भन्दै घरदेखि उत्तरतर्फ लागेकी थिइन् । उनलाई पछ्याउँदै देवर विनोद पनि पछि–पछि लागेका थिए । ‘घरदेखि उत्तर करिब ढेड किलोमिटरमा नहरको ढिलमा पुगेपछि देवर बिनोदले भाउजु अनितलाई ढकालिदिए । भाउजु नहरमा लडिन् र बिनोदले अनिताको घाँटीमा धाँरिलो हतियार दाउ प्रयोग गरि हत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ,’ मोरङ प्रहरीका प्रमुख एसपी खड्काले भने ।

हत्या गरेपछि भाउजुलाई खोज्न विनोद दाजुसँगै हिडे

भाउजुको मंगलबार राती करिब ८ बजेको समयमा हत्या गरेपछि बिनोद दाउ बोकेर घर पुगेका थिए । हत्या गरेको पत्तो पाउने भएकोले रगत लतपतिएको दाउँ पानीले धोएपछि घरमा राखे । रातीसम्म सरीता घर नआएपछि उनका श्रीमान बेचन श्रीमती खोज्न हिडे । भाउजु खोज्न विनोद पनि सँगै दाजुसँग गएका थिए । उनीहरूले रातभरी अनितालाई नेभेटेपछि विनोद राती घरमा सुते । बिहान झिसमिसमा घरदेखि उठेर उनी फरार भए ।

स्थानीयले बुधबार विहान सरिताको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्यापछि फरार रहेका बिनोदलाई प्रहरीले घरबाहिर रंगेली बजारमा लुकेर बसेको अवस्थामा बुधबार विहान ८ बजे पक्राउ गरेको एसपी खड्काले जानकारी दिए । भाउजुको हत्या गरेको १२ घण्टापछि प्रहरीले हत्यामा संलग्न भएको आरोपमा देवर बिनोदलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । ‘यस घटनामा थप अनुस्न्धान भइरहेको छ,’ एसपी खड्काले भने, ‘प्रराम्भिक चरणको अनुसन्धानमा अनिताको हत्यामा देवर विनोदनमा संलग्न देखिएको छ । थप अनुसन्धानपछि अरू पनि खुल्न सक्नेछ । अहिले हामी अनुसन्धानको क्रममा रहेका छौं ।’

हत्या अरोपमा पक्राउ परेका बिनोद अबिवाहित हुन् । अनिताको बेचनसँग करिब दुई वर्ष अगाडी बिवाह भएको थियो । बिवाह भएपछि भाउजु, दाजु, बुवासँग सामान्य विषयलाई लिएर बिनोद झगडा गर्दै आएका थिए । बिनोदले यसअघि पनि बावु र आमालाई पनि कुटपिट गर्ने गरेका थिए । उनी झगडिया प्रकृतिका रहेको प्रहरीले जनाएको छ ।