लोड हुँदैछ...

मेनु

बदनाम गर्न खोप दुरुपयोगको आरोप लगाइयो : भीम पराजुली

बदनाम गर्न खोप दुरुपयोगको आरोप लगाइयो : भीम पराजुली

विराटनगर । कोरोना विरुद्धको खोप दुरुपयोग गरेको आरोप आफुलाई जनसेवामा लाग्नबाट दुरुत्साहित गर्न सिर्जना गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले टिप्पणी गरेका छन् । आज विहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर प्रमुख पराजुलीले आफुलाई बदनाम गराउन दुष्प्रचार गरिएको बताएका हुन् ।

विराटनगरका उच्च घरानाका व्यक्तिहरुलाई कोरोनाको खोप उपलब्ध गराएर महानगरप्रमुखले नगरबासी र सेवा पाउनु पर्ने जेष्ठ नागरिकको हित विपरित काम गरेको भन्दै केही दिन यता सार्वजनिक आरोचना र विरोध भएको थियो । उक्त विरोध र सार्वजनिक टिप्पणीलाई प्रमुख पराजुलीले आफुविरुद्धको नीच सोच भएको र उनीहरुप्रति दया लागेको प्रतिकृया दिएका छन् ।

अक्सिजन नपाएका बिरामीहरुलाई हरतरहले अक्सिजनको व्यवस्थापन गर्ने, रातदिन नभनी बिरामीका लागि अस्पताल र उपचारको प्रवन्धमा खटिने, चिकित्सकसहितको टोलीसँगसँगै आफुपनि सक्रिय हुँदा पनि नकारात्मक टिप्पणी हुने गरेको भन्दै उनले यस प्रकारको टिप्पणी र आलोचनाबाट बिचलित नहुने बरु अझ बढी सेवा भावका साथ काम गर्ने उनले बताएका छन् ।

महानगर प्रमुख पराजुलीले कोरोनाको दोश्रो लहर सुरुभएदेखि नै संक्रमितहरुका लागि अस्पतालको प्रवन्ध गर्ने, संक्रमितहरुलाई घरघरमै अक्सिजन सिलिण्डर पु¥याइदिने, चिकित्सकहरुको टोली बनाएर परामर्श सेवा प्रदान गर्दै आएका छन् ।

पछिल्लो समयमा भने उनले महानगरपालिकासँग मौज्दात रहेको पहिलो चरणको कोरोना खोप विराटनगरका उच्च घरानाका व्यापारीहरुलाई घरघरमै पुगेर सेवा लगाइदिने गरेको सूचना सार्वजनिक भएको थियो । त्यसपछि भने उनको चौतर्फी विरोध भइरहेको छ । प्रमुख पराजुलीले भने त्यस्तो आरोपलाई अस्वीकार गर्दै आफुलाई बदना गर्ने, जनताको सेवामा लाग्नबाट निरुत्साहित गर्ने प्रयत्न भएको दावी गरेका छन् ।

प्रमुख पराजुलीले सामाजिक सञ्जाल फेसबुकमा प्रकाशन गरेको प्रतिकृया यस्तो छ :

मलाई अचम्म लागेको छ र यस्तो नकारात्मक सोच प्रति दुस्ख पनि लागेको छ । हुदा हुदै बिरोधको पनि पराकाष्ठा, मान्छे मर्न आटेको बेला अक्सिजन पुर्याई दियो भने सस्तो प्रचार गर्यो भन्छन् । बिरामीले अस्पताल जान एम्बुलेन्स पाएनन् भनेर आफु चढ्ने गाडी दियो प्रचार गर्यो भन्छन् । घरमा मरेको मानिसको सव ब्यस्थापन गर्न धेरै समय कुर्नु पर्यो गार्हो भयो भनेर केही म लगायतका साथीहरू मिलेर आफ्नो खर्चमा सव बाहनको ब्यस्थापन गर्यौ, प्रचार गर्यो भन्छन् ।

कसैलाई राति अस्पतालको बेड नपाएर अत्यन्तै समस्या भएर अक्सिजन गार्हो परेको मानिसलाई पठायो र समबन्धित ब्यक्तिले खुसी भएर फोटो हाल्दा कस्तो नाटक गरेको भन्छन्। रात(रात भरी नसुती नसुती बिरामिहरुको अस्पतालको ब्यस्थापन गर्यो प्रचार गर्यो भन्छन्।बिरामिहरुले अक्सिजन नपाएर गार्हो भयो र संक्रमितहरु घरमा बस्न बाध्य भए भनेर अक्सिजन सहित, चिकित्सकको टोली र बिराटनगरका अस्पतालहरुको समन्यमा ब्यस्थापन गर्ने गरि महानगरको न्युनतम खर्च र बाकि साझेदार संस्थाको हुने गरि ५१ बेडको आईसोलेसन बनायो १००० बेडको बनाउनु पर्थ्यो भन्छन् र निर्णय भएको कुरा थाहा छैन भन्छन् ।

हुदाहुदै केहि नलागेर बदनाम गराउन समाजमा नबिकेका मानिसलाई आफ्नो सिमित स्वार्थको लागि प्रयोग गरेर कोभिडको खोप मारवाडी ,घराना परिवारलाइ लगाएको भनेर दुस्प्रचार गर्दा त मलाई यीनिहरूको निच सोच प्रति दया लागेको छ।आफु घर बाट कहिल्यै डरले,आफ्नो मान्छे बिरामी हुदा, न त मृत्यु हुदा बाहिर निस्कन्छन् तर अरुले आफु आफ्नो परिवार सबै माया मारेर ज्यान जोखिममा राखेर अन्तर हृदयदेखि सेवाभावले काम गरेको मानिसलाई हतोत्साही गरेको देख्दा दुःख लागेको छ।

तर म यस्ता नकरात्मक टिप्पणी बाट बिचलित नभई निरन्तर सेवाभावका साथ, थप उर्जाका साथ, आलोचना र नकरात्मक टिप्पणीलाई आशिर्वादको रुपमा लिई,आफ्नो धर्म दायित्व र कर्तव्य लाई शिरोपर गरि इमानदार रुपमा काम गरि रहन्छु।
जय नेपाल। 

सबैको जय होस कल्याण होस !

3 प्रतिक्रियाहरू

3 प्रतिक्रियाहरू

Ramchandra
May 18, 2021 10:35 AM

आफ्नो कर्तव्यपालनमा कमिहुन नदिइ जनसेवामा समर्पित हुने हो /आलोचनाले थप बाटो देखाउन सहयोग पुर्याउछ ।असल काम सधै सबैको लागी प्रेरणादायी नै हुन्छ ।हाम्रो समाज,परिवेश ले गर्दानै यस्तो भएको हो “ भन्ने गरिन्छ तिमी प्रगतिमात्र गर बिरोधीहरू आफसेआफ बढनेछन्”त्यसैले आत्मा संन्तुष्ट हुने गरि मानबिय सेवामा लागीराख ,गर्दै भन्दै लॉदा कहि कतै केही कमजोरीहरू भएकाछन भनेपनी तिनलाइ संच्याउदै अव नदोहरिनेगरि अगाडी बढ़ फल को आशा नगर फल ऑफै प्राप्तहुन्छ ।जस्को उदारण स्वयं तिमी ऑफै छौ ।जटिल र बिषम परिस्थितिमा पनि तिम्रो त्याग र सत्कर्मको उच्चमुल्याकनगर्दै महानगरबासीले नगरप्रमुख जस्तो गरिमामय पदमा आसीन गराए त्यसैले निराश नभइ आफ्नो कर्मपथमा अघी बढीरख निश्चय पनि”सत्यमेव जयते “ अस्तु

kirankumar bhattarai
May 21, 2021 10:16 AM

कुकुर भुक्तै गर्छ।
हात्ती हिडदै गर्छ।।
यै उखानलाई पालना गर्नुस।

ताजिम अहमद
May 21, 2021 7:58 PM

न खा को बिख त लागदैन किन यति आत्तिनु परयोो कि” चोर के दाढि में तिनका” वाला कहावत त चरितार्थ भइरहेछैन?

प्रतिक्रियाहरू बन्द छन्।

This will close in 0 seconds