विराटनगर । विराटनगर महानगरपालिका १२ सैनिक टोलमा एक जना बेवारी वृद्धा मृत अवस्थमा भेटिएका छन् ।

विराटनगर–१२ सैनिट टोल नजिक सडक छेउमा सोमबार साँझ ५ बजेको समयमा मृत अवस्थमा भेटिएका हुन् । ५० वर्षिय मृतक वृद्धा लामो समयदेखि सडकमा मागेर हिंडडुल गर्ने गरेको स्थानीयले बताएका छन् ।

उनले आफ्नो नाम महेश मरिक रहेको बताउने गरेको स्थानीयले प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए ।

बेवारिसे अवस्थामा वृद्धाको शव भेटिएपछि इप्रका रानीका प्रहरी निरीक्षक राउतको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ । अहिले प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का र शव पोस्माटमको लागि विराटनगरस्थित कोशी अस्पतल लैजाने तयारी गरेको छ । ‘शवको प्रकृति हेदा चोटपटक पनि देखिएको छैन,’ प्रहरी निरीक्षक राउतले भने, ‘घटना मुचुल्का उठाएर अहिले अनुसन्धान भइरहेको छ । पोस्माटम रिपोर्ट पछि थप विषय खुल्नेछ ।’ के कारणले मृत्यु भएको पोस्माटम रिपोर्टपछि मात्र भन्न सकिने प्रहरीले जनाएको छ ।