प्रदेश १ का सबै जिल्लामा निषेधाज्ञा

विराटनगर । कोरोना भाइरहेको दोस्रो महामारी सबैतिर विस्तार हुँदै गएपछि प्रदेश १ का सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले संक्रणको दर बढ्दै गएपछि निषेधाज्ञा जारी गरेका हुन् । निषेधाज्ञाका कारण सबै जिल्लाको यातायात र बजार ठप्प रहेको छ ।

तराईका जिल्लामा कडा प्राबधानसहित निषेधाज्ञा जारी गरिएको छ । संक्रमणदर उच्च भएका झापा मोरङ र सुनसरीमा घरबाहिरको मानबीय गतिबिधि ठप्प पार्नेगरि कडाई गरिएको प्रहरीले जनाएको छ । अन्य पहाडी र हिमाली जिल्लाको निषेधाज्ञा भने केहि खुकुलो छ ।

प्रहरीले अत्यावश्यक कामबाहेक सवारी साधन नचलाउन प्रदेशभरीका नागरिकलाई आग्रह गरेको हो । निषेधाज्ञा उल्लंघन गर्ने र अटेर गर्नेलाई कार्वाही गर्ने प्रहरीले जनाएको छ ।

प्रदेश १ मा शनिबारसम्म कोरोना संक्रमितको संख्या ४३ हजार १९८ पुगेको छ । जसमा ३० हजार ८५६ संक्रमणमुक्त भएका छन् भने ११ हजार ७०८ सक्रिय संक्रमित छन् । हालसम्म प्रदेशभरिमा ६४३ जनाको कोरोनाबाट मृत्यु भएको तथ्यांक सामाजिक विकास मन्त्रालयले दिएको छ ।

प्रदेशसमा सबैभन्दा बढि मोरङमा २७ हजार ४६५ जनामा कोरोना देखिएको छ । जसमध्ये ५ हजार ३५० सक्रिय संक्रमित छन् । कोरोनाबाट मोरङमा १९६ जनाको मृत्यु भएको छ । प्रदेशसमा सबैभन्दा कम संक्रमण देखिएको ओखलढुंगामा ५१ जनालाई कोरोना पोजेटिभ भएको छ । जसमा ३ जना मात्र सक्रिय संक्रमित छन् ।

 

आइतबार, ०२ जेठ, २०७८, दिउँसोको ०३:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर