विराटनगर । भरुवा बन्दुक बनाउन प्रयोग हुने सामग्रीसहित प्रहरीले खोटाङको हलेसीबाट चार जनालाई पक्राउ गरेको छ ।

खोटाङ हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीबाट प्रहरीले भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने सामानपनि बरामद गरेको छ ।
प्रहरीले स्थानीय ४२ वर्षे डम्बर बहादुर कार्की, ३५ वर्षे दोर्ण कार्की, २६ वर्षे रबिन्द्र कार्की र ७४ वर्षे कृष्ण बि.क. लाई पक्राउ गरेको हो ।
शनिबार राति १० बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी निरीक्षक सहितको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले डम्बर, दोर्ण र रबिन्द्रलाई तीन थान भरुवा बन्दुक , मरेको मृगको टाउको, सालकको खपेटा र भरुवा बन्दुकमा प्रयोग हुने सलाई, सोडा, गन्धक, छर्रा लगाएतका पदार्थहरु बरामद गरेको थियो भने वि.क.सँग बन्दुक बरामद भएको थियो ।