लोड हुँदैछ...

मेनु

मोरङमा डरलाग्दो ढंगले संक्रमण बढ्यो : स्वास्थ्य मन्त्रालय

मोरङमा डरलाग्दो ढंगले संक्रमण बढ्यो : स्वास्थ्य मन्त्रालय

विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोना संक्रमणको दर बढेपनि जिल्लामा आत्तिनु पर्ने अवस्था छैन भनिरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोरङमा डरलाग्दो ढंगले स.क्रमण फैलिएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

शुक्रबार मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर मोरङ सुनसरी लगायत देशका २२ जिल्लामा कोरोना डरलाग्दो ढंगले फैलिरहेको भन्दै सचेत रहन पनि अलि गरेको छ । मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरूको कडाइका साथ पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

कोरोना तिब्रगतिमा फैलिरहेको जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बा“के, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, र कञ्चनपुर रहेको मन्त्रालयले जनाएको छ । ति जिल्लाहरुमा संक्रमण फैलने दर डरलाग्दो गरी बढिरहेको पनि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ती जिल्लामा रहेका अस्पतालहरुमा विद्यमान स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेको र अस्पतालमा राखेर उपचार गर्न शय्या अभाव हुन थालेको भन्दै सबैलाई संवेदनशील हुन, मास्क लगाउन, भौतिक दुरी कायम राख्न, साबुनपानीले हात धुन अनुरोध गरेको छ ।

मोरङमा संक्रतिको संख्या एक हजार नाघिसक्दा पनि प्रदेश सरकारले जिल्लामा हुने आवतजावत नियन्त्रण गर्ने वा मानवीय गतिविधि घटाउने कुनै उपायको खोजी गरेको छैन । बरु केही समय निषेधाज्ञा जारी गरौं भन्ने विराटनगर महानगरपालिकाको प्रस्ताव पटक पटक अस्वीकृत गरी जनस्वास्थ्यको सवालमा खेलवाड गरिरहेको छ ।

संघीय सरकारको प्रतिनिधिको रुपमा रहेका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला पनि गैर जिम्मेवार ढंगले प्रस्तुत हुने गरेका छन् । उनले ब्याापारीलाई कालो बजारी गर्न निषेधाज्ञा जरुरी परेको र पत्रकारहरुलाई निषेधाज्ञा चाहिएको भन्ने गैरजिम्मेवार प्रतिकृया दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds