थापाको पहलमा विराटनगरका विभिन्न १० वटा सडक कालोपत्रे सुरु

विराटनगर । संघीय सरकारको भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको बजेटमा विराटनगरका विभिन्न १० वटा सडक कलोपत्रेको काम सुरु भएको छ ।

नेकपा एमाले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापाको पहलमा टेन्डर परेका ती सडकहरु आजदेखि कालोपत्रेको काम सुरु भएको हो ।

संघीय सरकारको भौतिक तथा पूर्वाधार मन्त्रालयको बजेटमा सडक वोर्ड नेपालले ती सडकहरुको ठेक्का प्रकृया सुरु गरेको थियो । ठेक्का लागेका सडकहरुको आज एकै पटक थालिएको बताउँदै अध्यक्ष थापाले सडक निर्माण तीव्र गतिमा अघि बढाउन माग गरे ।

विराटनगर ५ स्थित सिटी रुटको विराटनगर ५ को वडा कार्यलयदेखि शान्तिचौकसम्म, वडा नम्बर २ को मुनालमार्ग हुँदै सोमबारे मार्गसम्म,वडा नं १२ को पञ्चमुखी चौकदेखि मंगलबारे हाटियासम्म, वडा नं ४ को सगरमाथा एकलव्य मार्ग, बाबाकुटी संजीवनी मार्ग, आयुर्वेदिक मार्गको कालो पत्रेको काम एकै पटक सूरु भएको हो ।

यस्तै विराटनगर ८ को संगम मार्ग, वडा नं १७ को हिमालयमार्ग, वडा नं। ११ को जनसहयोग मार्ग, ६ को अमान मार्ग कालोपत्रेको काम पनि सुरु भएको अध्यक्ष थापाले बताए ।

सडक वोर्ड विराटनगर कार्यालयका इन्जिनियर सुधिर कुमार झाले सबै सडक आगामी असार मसान्तसम्ममा निर्माण सम्पन्न हुने बताए ।

बिहिबार, १६ बैशाख, २०७८, साँझको ०७:२८ बजे

प्रतिक्रिया

  1. बिराटनगर 8 छाया मार्ग को बाटो कालो पत्रे कहिले हुन्छ sir please follow up गर्नुहोला धुलो ले घर नै पुरिना लागो????? बिचार गर्नू होला

प्रतिक्रिया:

सम्बन्धित खवर