लोड हुँदैछ...

मेनु

विराटनगरका युवाहरुको ‘खोई ? अभियान’

विराटनगरका युवाहरुको ‘खोई ? अभियान’

विराटनगर । युवा संघ नेपाल र परिवर्तनका लागि हातेमालोको संयुक्त आयोजनामा विराटनगरबाट प्रथमपटक ‘खोई ? अभियान’ को सुरुवात गरिएको छ ।

कोरोना महामारीको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै खोई ? अभियानको सुरुवात गरिएको हो । छिमेकी मुलुक भारतमा कोरोनाको दोश्रो तरङ्ग आईसकेको खण्डमा आम नागरिकलाई सचेत गराउने उद्देश्यका साथ अभियानको सुरुवात गरिएको हो । विराटनगरको पुष्पलाल चौकदेखि सुरु गरिएको अभियानको क्रममा मास्क नलगाएका सर्वसाधारणहरुलाई निःशुल्क मास्क समेत वितरण गरिएको युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य नवराज नेपाल टुप्पीले बताउनुभयो ।

यस्तै आर्थिक समृद्धि, सुशासन र पारदर्शीताको सवालमा राज्यको उपस्थिति खोज्न पनि ‘खोई अभियान’ को सुरुवात गरिएको परिवर्तनका लागि हातेमालो नामक सामाजिक संस्थाका अध्यक्ष विनोद चाहारले बताउनुभयो

अभियानलाई भने मोरङ प्रहरी र मोरङ ट्राफिक प्रहरीले सहजीकरण गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।