प्रदेश १ पत्रकार महासंघ निर्वाचन : अध्यक्षका तीन प्रतिष्पर्धी

विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश १ को चैत २५ मा हुने निर्वाचनका लागि उमेद्वारको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले शुक्रबार साँझ प्रकाशन गरेको नामावली अनुसार विभिन्न २१ पदका लागि ४६ जनाको उमेदवारी कायम भएको छ ।

महासंघ प्रदेश १ को अध्यक्ष पदमा तीन जनाको उमेद्वारी परेको छ । अध्यक्ष पदमा झापाका मोहनकाजी न्यौपाने, मोरङका लीलाबल्लभ घिमिरे र इलामका सोमनाथ सुसेलीलेको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

खुला उपाध्यक्ष पदमा रोहितकुमार राई र लवदेव ढुंगाना, महिला उपाध्यक्ष पदमा कोकिला ढकाल र हिमाकुमारी चेम्जोङ्गको उमेदवारी परेको छ । महासचिव पदका लागि फिपराज बेघा लिम्बु र विवेक गौतमले उमेदवारी दिनुभएभएको छ ।

सचिव पदमा अविजाल विष्ट र देवेन्द्र कार्कीको उमेदवारी परेको छ भने समावेशी सचिव पदमा सन्तवीर लामा र सन्तोष यादवको उमेदवारी परेको छ ।

कोषाध्यक्ष पदका लागि विमल लामिछाने (बुद्धि) र सन्तोष रुचालले उमेदवारी दिनुभएको निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम नामावलीमा उल्लेख छ । नेपाल पत्रकार महासंघले पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत केन्द्र, प्रदेश र जिल्लाको निर्वाचन एकै पटक गर्न लागेको हो ।

महासंघले प्रदेश समितिमा ७ पदाधिकारी, पाँच खुला सदस्य र समावेशी समूहहरु आदिवासी जनजाति, महिला, मधेशी, दलित, सिमान्तकृत समुदाय आदि क्षेत्रबाट आठ जना सदस्य निर्वाचित गर्ने व्यवस्था छ । प्रदेश १ मा पत्रकारका विभिन्न संगठनले आपसी गठबन्धन बनाएर निर्वाचनमा सहभागी हुन लागेका हुन् ।

शुक्रबार, २० चैत, २०७७, रातीको ०९:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर