बराहक्षेत्रको ६ र ९ नम्बर वडामा छायांकनस्थल बनाउन प्रस्ताव

इटहरी । नेपाल सरकार चलचित्र विकास बोर्डले प्रदेश नं १ मा चलचित्र छायांकनस्थल निर्माण सम्भाव्यता अध्ययनको लागि बनाएको समितिले आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीसमक्ष आफ्नो अध्ययन प्रतिवेदन बुझाएको छ ।

चलचित्र विकास वोर्डको स्वीकृत मापदण्ड बमोजिम बराहक्षेत्र नगरपालिका वडा नं. ६ र ९ क्षेत्र भित्रमा पर्ने श्रीलंका टापु आसपासको २ सय विगाह क्षेत्रलाई उपयुक्त क्षेत्र पहिचान गर्दै प्रतिवेदन बुझाएको हो ।

बराहक्षेत्र नगरपालिकाले पनि सो क्षेत्रलाई चलचित्र छयांकन स्थलको रुपमा विकास गर्न सहमति प्रदान गरेको छ । समितिले उक्त क्षेत्रलाई उपयुक्त ठानेर सोहि स्थललाई छनौट गरिएको प्रदेशस्तरीय चलचित्र छयांकन स्थल निर्मााको सम्भाव्यता अध्यन समन्वय तथा संयोजन समितिका संयोजक नवल खडकाले जानकारि दिनुभयो ।

प्रदेश १ का धेरै स्थानको स्थलगत अध्यन गरेपछि मात्र अन्य स्थानको तुलनामा बढि जग्गा र सबै हिसाबले उपयुक्त भएको ठहर गरेपछि मात्र यो स्थान छनौट गरेको समितिले जनाएको छ । छायांकन स्थलको निर्माणपछि प्रदेश १ लाई छुट्टै चलचित्र क्षेत्रको रुपमा स्थापित गराउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले हिमाल, पहाड र तराईको क्षेत्र नजिक नजिकै पर्ने तथा सप्तकोसीको संगम स्थल, धार्मिक, पर्यटकिय क्षेत्र रहेको आन्तरिक हवाई क्षेत्र, यातायातको सुविधा हुने भएकोले सो स्थान उपयुक्त रहेको बताउनुभयो । झापाको खुदुनावारी, इलामको कन्याम, श्रीअन्तु, केरावारी, डंग्राह, बिष्णुपादुकालगायत दर्जनौं स्थानको अवलोकनपछि नै बराहक्षेत्र छनौटमा परेको हो ।

समितिले छोटो समयमा नै एकदमै मेहनत गरेर काम गरेको भन्दै आन्तरिक मामिला तथा कानूनमन्त्रीले कार्कीले धन्यवाद व्यक्त गर्नुभएको छ । झापाको खुदुनाबारी पनि उपयुक्त रहेको भन्दै समितिले त्योभन्दा उपयुक्त श्रीलंका टापु हुने प्रतिवेदन दिएको छ ।

चलचित्र छायांकन स्थल बनाउन डिपिआर निर्माण गरेर आगामी नीति तथा कार्यक्रममा सहभागी गराई काम गर्ने प्रदेश सरकारले जनाएको छ । अध्ययन समितिमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहाल, प्रेम सुब्बा, दिपाश्री निरौला, दयाहाङ राई, राजकुमार पोखरेल, संचार तथा सुचना प्रविधि मंत्रालयका उप सचिव युवराज खतिवडा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत बिजयकुमार मगर, चलचित्र विकास बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराई, नबल खड्कासहित रहेका थिए ।

बिहिबार, १२ चैत, २०७७, बिहानको १०:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर