मद्रासी चलचित्रमा अभिनय गर्दै विराटनगरका युवा अमित रौनियार

विराटनगर । विराटनगरका युवा अमित रौनियार (अमित राज)ले भारतीय चलचित्र क्षेत्रमा अभिनयको अवसर पाएका छन् ।

विगत १० वर्षदेखि भारतमा अभिनय र मोडलिङ गर्दै आएका थिए । उनले केही दिन अगाडिदेखि मात्रै भारतीय चलचित्र मुम्बाई तथा चेन्नई (मद्रास)मा अभिनय गर्ने अवसर पाएका हुन् ।

विराटनगर महानगरपालिका–१० का मोहनकुमार रौनियारका ३० वर्षे छोरा अमित चाटर्ड एकाउण्ट अध्ययनका लागि भारतको नयाँ दिल्ली पुगेका थिए । तर उनी अध्ययनलाई विश्राम दिँदै आफ्नो रुचिको क्षेत्र चलचित्र र मोडलिङ तर्फ मोडिएका छन् ।

भक्तपुरमा गएको फागुन १४ गते सम्पन्न इन्टरनेशनल फैसन शो बेस्ट मेल मोडलको उपाधि समेत ग्रहण गरेका अमित विराटनगर आउँदा उनलाई शुभेच्छुकहरुले भव्य स्वागत समेत गरेका थिए ।

कलाकार अमितले इन्टरनेटमा प्रशारण हुने हिन्दी वेव सिरिज ‘ए दिल है मुस्किल’, दक्षिण भारतीय कन्नड भाषाको ‘रामाचारी टु पेन जिरो’ (रामायण कथामा आधारित), हिन्दी चलचित्र मितेजलगायतमा अभिनय गरिसकेका छन् ।

यसैगरी अमितले अभिनय गरेको ‘तेरा लव मेरा इश्क’ गीतको भिडियो भारतको प्रसिद्ध सङ्गीत कम्पनी टि सिरिजले चाँडै सार्वजनिक गर्न लागेको छ । रौनियारले सन् २०१३ मा मिस्टर एण्ड मिस दिल्लीमा बेस्ट फिजिक्स, सन् २०१७ मा मिस्टर उत्तराखण्डमा दोश्रो उपाधि हासिल गरेका थिए ।

नेपालबाट भारतमा गएर अभिनयमा टिक्नु आफ्नो लागी गर्वको विषय भएको अमितले बताए । ‘विश्वमै भारतीय कलाकारसँग प्रतिस्पर्धा गर्नु चानचुनको कुरा होइन, यस क्षेत्रमा निकै धेरै प्रतिस्पर्धा छ’, उनले भने, ‘जो कलाकार समयसँग चल्न सकेनन् उनीहरु त्यही दिनदेखि विश्राम लिनुपर्छ भन्ने मलाई लाग्छ ।’

बुधबार, ११ चैत, २०७७, साँझको ०५:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर