लोड हुँदैछ...

मेनु

मेचीपारिको विद्यालयमा गोयलको सहयोग

मेचीपारिको विद्यालयमा गोयलको सहयोग

विराटनगर । विराटनगरका उद्योगी एवम् समाजसेवी दीनबन्धु गोयलले झापाको भद्रपुरस्थित मेची पारिको नेपाली गाउँका विद्यार्थीलाई विद्यालय–पोशाक र स्कूल ब्याग वितरण गर्नुभएको छ ।

भद्रपुर नगरपालिका–३ मा पर्ने डोलो गाउँमा रहेको मेची आधारभूत विद्यालयका १ सय ४१ विद्यार्थीलाई समाजसेवी गोयलले पोशाक र ब्याग वितरण गर्नुभएको हो ।
विद्यालयमा आयोजित समारोहमा गोयलले आफ्ना स्वर्गीय दाजु ओमप्रकाश गोयलका नाममा उक्त सामग्री वितरण गर्नुभयो । उहाँ दाजु ओमप्रकाशका स्मृतिमा विगत एक दशकदेखि समाजसेवाका कार्यहरू गर्दै आउनुभएको छ ।

गोयलले विद्यालयका ७८ छात्रलाई सर्ट–पेन्ट तथा ६३ छात्रालाई सर्ट र फ्रक प्रदान गर्नुभएको छ । यसबाहेक विद्यालयलाई उहाँले आफ्ना तर्फबाट खानेपानीको फिल्टरसमेत हस्तान्तरण गर्नुभयो । विद्यालयका प्रधानाध्यापक चमकलाल राजवंशीले पोशाक, ब्याग र फिल्टरमा गरी २ लाख रुपैयाँ खर्च भएको जानकारी दिनुभएको छ ।

समारोहलाई सम्बोधन गर्दै समाजसेवी गोयलले आफू भद्रपुरमै जन्मिएर माध्यमिक तहसम्मको शिक्षा आफूले यहीँ पाएको उल्लेख गर्नुभयो । आफ्ना दाजु ओमप्रकाशले पनि झापा जिल्लामा समाजसेवाका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै उहाँले दुबै जना जुत्ता नलगाई खाली खुट्टामै बोरा बोकेर विद्यालय जाने गरेकोले अहिले दुःखमा परेकाहरुलाई सहयोग गर्न पाउँदा गौरब लाग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।