पद जाओस तर प्रतिक्रान्तिकारी गद्दारसँग झुकिदैन : राजेन्द्र राई

विराटनगर । नेकपा एमालेका युवा नेता राजेन्द्र राईले कुनैपनि हालतमा प्रधानमन्त्री केपी ओलीसँग सम्झौता नगर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जालमा पार्टी विवादबारे आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले भन्नुभयो, ‘कारबाही हुन्छ, जनप्रतिनिधि पद नी जान सक्छ, आउने चुनाव नजितिएला तर पनि निरंकुशता, प्रतिगमन, जनविरोधी दुस्कार्यसँग कुनै सम्झौता हुनेछैन, न्याय, समानता, समाजवादको आन्दोलन लामो र कठिन छ, त्यो राम्रोसँग थाहा छ र यो पनि थाहा छ, प्रतिगामी, प्रतिक्रान्तिकारी, गद्दार कम्युनिस्ट पार्टीभित्र जन्मिन सक्छ, इतिहासमा धेरै पटक जन्मिएका छन् तरपनि जनताको आन्दोलन, कम्युनिस्ट आन्दोलन रोकिएको छैन, रोकिने छैन ।’

राईले प्रधनामन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले गर्ने कारबाहीले कम्युनिष्ट आन्दोलन नरोकिने पनि बताउनुभएको छ । उहाँले कारबाहीको डरले निरंकुशता, प्रतिगमन, जनविरोधी दुष्कार्यसँग कुनै सम्झौता नगर्ने बताउनुभएको हो । एमालेको नेपाल–खनाल पक्षका सांसद समेत रहनुभएका राई उनीहरुले गर्ने कारबाही, चुनाव नजित्ने डर, पद जाने डरका कारण सम्म्झौता गर्ने पक्षमा आफूहरु नरहेको भन्दै स्वाभिमानीपूर्वक आन्दोलन अगाडि बढाउने बताउनुहुन्छ ।

न्याय, समानता, समाजवादको आन्दोलन लामो र कठिन छ भन्ने कुरा आफूहरुलाई राम्रोसँग थाहा भएको भन्दै उहाँले प्रतिगामी, प्रतिक्रान्तिकारी, गद्दार कम्युनिष्ट पार्टीभित्र जन्मिन सक्ने र इतिहासमा धेरै पटक जन्मिएको भएपनि कम्युनिष्ट आन्दोलन निरन्तर बढिरहेको उहाँको भनाइ छ ।

मङ्गलबार, १० चैत, २०७७, बिहानको १०:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर