महिलाहरुलाई उद्यमी बनाउदै बेलबारी

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले ढाका बुन्ने तालिम दिन थालेको छ ।

बेलबारी ७ र ८ नम्बर वडाका ३० जना भन्दा बढि महिलाहरुलाई नगरपालिकाले तालिम दिइरहेको छ ।

उत्पादनसँग जोडिएर महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न शीपमुलक तालिमहरु दिने गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । पाथिभरा शीप विकास केन्द्रको प्राविधिक सहयोगमा तीन महिने तालिम सञ्चालन गरिएको हो ।

नगरपालिकाले केहि गर्छौ भन्नेहरुलाई प्राविधिक, आर्थिक तथा विभिन्न उपकरणहरु सहयोग गरिरहेको नगर प्रमुख सुवेदीको भनाई छ । उद्यमीले उत्पादन गरेका वस्तुहरुको बजारीकरण समेत नगरपालिकाले गरिदिने जनाएको छ ।

आफ्नै नगरमा बसेर मालिक हुने सपना देखेर आउनेहलाई नगरपालिकाले सहयोग गर्नेछ । नगरपालिकाले दिएको तालिम लिएर धेरै महिलाहरु उद्यमी बनिरहेको सुवेदीले बताउनुभयो । वडा नम्बर ३ मात्रै ५० जना भन्दा वढि महिलाहरु ढाका कपडा बुनेर राम्रो आम्दानी गरिरहेको बताइएको छ ।

शुक्रबार, ०६ चैत, २०७७, बिहानको १०:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर