पथरी । महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा मोरङ पथरीका एमाले नेता युवराज बास्कोटामाथि आक्रमण भएको छ । बास्कोटालाई महिलाहरुले कुटपिट गर्नुको साथै जुत्ता प्रहार समेत गरेका छन् ।
नेता बास्कोटाका घरमा गत पुस १४ गते मृत अवस्थामा भेटिएका पथरीशनिश्चरे वडा नं १० का १९ वर्षीय सञ्जीव भण्डारीकी आमा राधिका भण्डारीले आफ्ना गुनासाहरू राख्ने क्रम देखिनै असामान्य बनेको कार्यक्रम स्थलमा नेता बास्कोटा प्रवेश गर्नासाथ झनै तनावग्रस्त बनेको थियो ।
नेता बास्कोटा कार्यक्रमस्थल प्रवेश गर्नासाथ हत्यारा भन्दै मृतक भण्डारीकी आमा राधिका भण्डारीसहित उपस्थित महिलाहरूले नेता बास्कोटामाथि कुर्सी प्रहार गरे । आक्रोशित स्थानीय महिलाहरू बास्कोटामाथि जाइलाग्न थालेपछि प्रहरीले कार्यक्रम स्थल पुगेर बास्कोटालाई कार्यक्रम स्थलबाट निकालेका थिए ।
बास्कोटालाई निकाल्ने क्रममा समेत महिलाहरूले उनी माथि जुत्ता प्रहार गरेका थिए ।
यो घटना को सत्य तथ्य के हो थाहा नहुदा बुझ्नै गारो भयो