विराटनगर । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर विराटनगरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन विराटनगर महानगर कमिटि र नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ को आयोजनामा विराटनगरमा आइतबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
रक्तदान कार्यक्रममा दुई दर्जन बढीले रक्तदान गरेको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरकी सचिब भलि सुब्बाले जानकारी दिइन् । रक्तसंचार केन्द्रमा रगत अभाव भइरहेको अवस्थामा रगत सहज रुपमा उपलब्ध गराउने उद्देश्यले रक्तदान गरिएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरकी अध्यक्ष अमिता पोखरेल (पौडेल) ले बताइन् । उक्त संस्थाले यस अघि पनि विभिन्न सामाजिक र सचेतना मुलक कार्यक्रमहरु पनि गर्दै आएको छ ।