विराटनगर । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मानित गर्ने भएको छ ।
कोभिड १९ को महामारीमा अग्रपंक्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मानित गरिने सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिनुभयो ।
सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बरालले कोभिड अस्पताल, ल्याबमा कार्यरत कर्मचारीहरुलाई सम्मानित गरिने बताउनुभयो । सामाजिक विकास मन्त्रालय र सामाजिक संघ/संस्थाहरुको आयोजनामा दिवस मनाईनेछ ।
मन्त्रालयका अनुसार फागुन २४ गते विहान जिल्ला प्रशासन प्राङ्गणबाट विहान ७ वजे शुरु हुने ¥याली आदर्श माविमा आएर कार्यक्रममा परिणत हुनेछ । साँझ विराटनगर ट्राफिक चौकमा दिपप्रज्वलन गरि कार्यक्रम समापन गरिने सामाजिक विकास महाशाखा प्रमुख बरालले बताउनुभयो ।
१११ औं अन्र्तराष्ट्रिय महिला दिवस महिलाको सुरक्षा, सम्मान रोजगार: समृद्ध नेपालको आधार भन्ने नाराका साथ ८ मार्च अर्थात फागुन २४ गते मनाईदैछ ।