लोड हुँदैछ...

मेनु

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको भूमिगत पार्टी नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सहमतिमा दुबै पक्षले हस्ताक्षर गरेका छन्।

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आज आयोजित एक समारोहमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) र विप्लवसमूहका तर्फबाट खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)ले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

सहमतिका तीन बुँदा

१. दुबै पक्ष देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने सहमत।

२. विप्लव नेतृत्वको नेकपा आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमत।

३. नेपाल सरकार विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध हटाउन र कार्यकर्तामा रिहाइ र सबै मुद्दा खारेज गर्न सहमत।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds