छोरी र बुहारीलाई लोक सेवा पढाउँदै बेलबारी

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले छोरी/बुहारीलाई लक्षित गरेर लोकसेवाको तयारी कक्षा संचालन गरेको छ । ५० जना छोरी/बुहारीलाई १ महिनासम्म कक्षा संचालन गरेर पढाउने नगरपालिकाको कार्यालयले जनाएको छ ।

महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले लोक सेवाकक्षा संचालन गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । ५० जनाको संख्यामा आवेदन खुलाएर कक्षा सञ्चालन भएपनि त्यो भन्दा बढी सहभागि भएका छन् । गत बर्षसमेत नगरपालिकाले कक्षा सञ्चालन गरेको थियो । न्यूभिजन इटहरीको प्राविधिक सहयोगमा लोकसेवाको कक्षा संचालन गरिएको हो ।

लोकसेवाको तयारी कक्षा संचालन गरीरहेका विद्यार्थीलाई ठूलो सहयोग पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले बताए । आत्मनिर्भर हुने र निजामती क्षेत्रमा महिलाको उपस्थिति बढ्ने विश्वास गरिएको छ ।

बिहिबार, २० फागुन, २०७७, साँझको ०५:२९ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर