पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तको निर्वाचन आयोगलाई खबरदारी

विराटनगर । पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले निर्वाचन आयोगलाई नेकपा विवादबारे छिटो निर्णय गर्न दबाब दिएका छन् ।

यसरी दबाब दिने पूर्वप्रमुख निर्वाचन आयुक्तहरुमा सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङ रहेका छन् ।

राजनीतिक दलको पछिल्लो विवादबारे प्रचलित कानून र स्थापित नजिरका आधारमा यथाशीघ्र र उपयुक्त निर्णय दिन निर्वाचन आयोगसँग उनीहरुले आग्रह गरेका हुन् ।

‘राजनीतिक दलको विवाद निरुपणमा ढिलाइ गरेको भनी निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नले हामीलाई गम्भिर बनाएको छ,’ पूर्वप्रमुख निर्वाचन आयुक्तहरुको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

आयोग अनिर्णयको बन्दी हुँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्न सक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै शाखमा पर्न सक्ने असरलाई समेत विचार गरी चाँडो निर्णय दिनुपर्नेमा उनीहरुको जोड छ ।

बुधबार, १९ फागुन, २०७७, रातीको ०८:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर