इटहरी । सामान्य ह्विलचेयरमार्फत मेची काली यात्रामा निस्किएका मेरुदण्ड पक्षघात भएका सिन्धुपाल्चोकका रामबहादुर तामाङलाई इटहरीमा स्वागत गरिएको छ ।
तामाङलाई इटहरीका नगरप्रमुख द्वारिकलाल चौधरीले स्वागत गर्नुभएको हो । अपाङ्गताभएका ब्यक्तिहरुले स्वतन्त्र, स्वाभिमानी र स्वावलम्वी जीवन जीउन पाउनुपर्ने अधिकारको बारेमा चेतना फैलाउन राम बहादुर तामाङ ह्विलचेयरमार्फत मेची काली यात्रामा निस्किनुभएको हो ।
उहाँले सामान्य ह्विलचेयरमार्फत लामो यात्राको विश्व रेकर्ड राख्नसमेत आफूले यो यात्रा सुरु गरेको बताउनुभयो । तामाङले यसअघि नमोवुद्धदेखि लुम्विनी ३६६ किलोमिटर र लुम्विनीदेखि वोधगयासम्म ५५३ किलोमिटर ह्विलचेयर यात्रा गरिसक्नुभएको छ ।
उहाँलाई मानवहादुर तामाङले साइकल मार्फत साथ दिनुभएको छ । इटहरीका नगरप्रमुख चौधरीले उहाँहरुको अयिभान सफलताको कामना गर्नुभयो । उहाँहरुले काँकडभिट्टाबाट गत शनिवार यात्रा सुरु गर्नुभएको हो ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।