विराटनगर । फिड द निड नेपालले विराटनगर–१७ का गरिब तथा विपन्न वर्गका ५० जना विद्यार्थी बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

संस्थाले मङ्गलबार वडा नं. १७ स्थित मस्जिदे क्युबा आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थी बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । शिक्षाप्रति विद्यार्थीहरुको आकर्षण बढाउन तथा उत्साह सिर्जना शैक्षिक सामाग्री वितरण गरिएको फिड द निड नेपालकी अध्यक्ष कृतिकाराज कर्निकारले बताउनुभयो । विद्यार्थीहरुमा स्कुल ब्याग, कपी, कलम र पेन्सिल लगायतका शैक्षिक सामाग्रीहरु वितरण गर्न सोसाईटी जोन र मोमेन्ट्स नामक संस्थाले पनि सहयोग गरेको सोसाइटी जोनका सदस्य मोजाहिद इराकीले बताउनुभयो ।

पछिल्लो समय संस्थाले भने विराटनगर मात्र नभई काठमाडौं, गोरखा, चितवन र मकवानपुर लगायतका ठाउँहरुमा पनि आफ्नो अभियानहरु सञ्चालन गर्दैै आएको जनाएको छ ।