लोड हुँदैछ...

मेनु

सुन्दरहरैंचामा जंगली हात्तीले १ जनाको ज्यान लियो

सुन्दरहरैंचामा जंगली हात्तीले १ जनाको ज्यान लियो

मोरङ । मोरङ सुन्दरहरैंचा नगरपालिका–१० सुकुना सामुदायिक वनमा जंगली हात्तीले हात्तीले आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३२ वर्षीया सीता पराजुली रहेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । जंगलमा घाँस दाउरा गर्न गएकी पराजुलीलाई मंगलवार बिहान सवा १० बजे जंगली हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट घाइते बनेकी उनको कोशी अस्पतालमा ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds