उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्यसमितिको पदस्थापना

विराटनगर । गत पुस २० गते तेस्रो साधरणसभाको अवसरमा निर्वाचित नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को कार्यसमितिको पदस्थापना तथा सपथ ग्रहण सम्पन्न भएको छ ।

महासंघका पूर्व अध्यक्ष नरेन्द्र खड्काले नवनिर्वाचित अध्यक्षमा झापा विर्तामोडका उद्योगी टिका ढकाललाई सपथग्रहण गराउनु भयो । त्यसपछि अध्यक्ष ढकालले अन्य पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाउनु भएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, पूर्व अध्यक्षहरु चण्डीराज ढकाललगायतको उपस्थिति थियो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को उक्त कार्यसमितिको निर्वाचन गत पुस २० गते भएको थियो । सबै पदमा निर्विरोध निर्वाचित भएका अन्य पदाधिकारीहरुमा जिल्ला नगरतर्फको उपाध्यक्षमा भीमबहादुर पौडेल, एसोशिएटतर्फको उपाध्यक्षमा विराटनगरका उद्योगी राजेन्द्र राउत र
कोषाध्यक्षमा रमेश राठी निर्वाचित हुनुभएको थियो ।

यस्तै जिल्ला नगर सदस्यमा युवराज शाक्य, कुमार भट्टराई, भुपाल राज कटुवाल, वीरेन्द्रकुमार साह, प्रितम खड्गी निर्विरोध हुनुभएको थियो भने एसोसिएट सदस्यहरुमा सुवास आचार्य र राजन श्रेष्ठ, वस्तुगत सदस्यमा रविनकुमार दाहाल, श्रवण कुमार अग्रवाल निर्विरोध हुनुभएको थियो ।

बुधबार, ०७ माघ, २०७७, साँझको ०६:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर