दुहबीमा सवारी दुर्घटना, ३ जनाको मृत्यु, ८ घाइते

दुहबी । सुनसरीको दुहबी नगरपालिका–१० सिमरियामा भएको माईक्रो बस दुर्घटनामा परेर ३ जना मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन् ।

दुहबीबाट ईनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ३८६८नम्बरको उईनगर माईक्रोसंग विपरित दिशाबाट आउँदै गरेको को.३४ प ४६९४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई सडकबाट पल्टिएर दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय दुहबीका ईन्चार्ज गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठकाअनुसार मृत्यु हुनेमा सप्तरी जिल्ला राजविराज १ को अन्दाजी २२ वर्षीय शंकर यादव, सुनसरी ईनरुवा ३ को अन्दाजी वर्ष ४४ का बिर्ख मन्डल रहेका छन् भने एक जना मृतकको नाम भने खुल्न बाँकी रहेको छ ।

सो दुर्घटनामा परेर घाइते हुनेहरुमा विराटनगर १४ का जयनारायण यादव, सप्तरी जिल्ला मंन्सापुर न.पा. हनुमान नगरका ईन्द्र मला देवी, राजविराज न.पा. ७ का निरज यादव, सुरेश मन्डल, सुनसरी ईनरुवा ८ गणेशपुरका चन्द्र मेहता, भोक्राहा नर्सिङ ३ का प्रशान्त यादव, प्रकाशपुर १० का भरत यादव रहेका छन् । उनीहरुको विराटनगर अस्पताल र दुहबीको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मङ्गलबार, ०६ माघ, २०७७, साँझको ०५:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर