एक वर्षपछि नाटक मञ्चन

विराटनगर । कोरोना महामारीका कारण एक वर्षयता बन्द रहेको मोरङको झोराहाटस्थित नाटकघर सञ्चालन भएको छ ।

झोराहाट नाटक घरमा अन्तिम पटक गत माघमा मालिनी नाटक प्रस्तुत भएपछि कुनै नाटक मञ्चन भएको थिएन ।

कोरोनाको त्रास कम नभएपनि जनजीवन सामान्यतर्फ उन्मुख हुँदै गएकाले आइतबार नयाँ नाटक मञ्चन गरिएको झोराहट नाट्य समूहले जनाएको छ । अग्रज रङ्गकर्मी भरत गुरागाईका अनुसार आइतबार ‘कोरोना एक्प्रेस’ नाटक मञ्चन गरिएको हो । एक वर्षपछि नाटक मञ्चन हुँदा दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।

कोरोनाका कारण परेको प्रभावलाई ‘कोरोना एक्प्रेस’ नाटकमा प्रस्तुत गरिएको छ । नाटकको निर्देशन सुरज माझीले गर्नुभएको हो भने माझीसँगै प्रकाश तिम्सिना र प्रदीप सरकारको अभिनय छ ।

सोमबार, ०५ माघ, २०७७, दिउँसोको १२:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर