लावतीको ‘नौलोघर’ सार्वजनिक

विराटनगर । उपन्यासकार विन्दुकुमार लावतीको उपन्यास ‘नौलोघर’ शनिबार विराटनगरमा विमोचन गरिएको छ ।

लावती परिवार पाँचथरले विराटनगरमा आयोजना गरेको कार्यक्रममा डा.भरत सुब्बा, प्राज्ञ विवश पोखरेल, वरिष्ठ समालोचक दधिराज सुवेदी, अग्रज साहित्यकार मधु पोखरेल, देवी पन्थी, सरला चापागार्इंलगायतले संयुक्त रुपमा उपन्यासको विमोचन गर्नुभएको थियो ।

उपन्यासको समीक्षा गर्दै वरिष्ठ समालोचक दधिराज सुवेदीले लिम्बू संस्कृति र संस्कारले भरिएको उपन्यासले पूर्वी पहाडी जिल्लाको जनजीवनलाई प्रस्तुत गरेको बताउनुभयो । उहाँले गाउँले बोलचालको भाषालाई उपन्यासमा उठाइएको बताउनुभयो ।

समीक्षक हरि कट्टेलले उपन्यासमा कतै पनि खोट लगाउने ठाउँ नभएको बताउनुभयो । पाँचथर र तेह्रथुमतिरको लिम्बू समाजको सांस्कृतिक सौन्दर्य बुझ्न उपन्यासले प्रभावकारी भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो । भाषाशैली सरल भएकाले पाठकले सजिलै बुझन सकिने उहाँले बताउनुभयो ।

मालोचक हरिप्रसाद बरालले उपन्यासमा राणाकाल र प्रजातन्त्रकालमा गरिने दमन, शोषण र अत्याचारसँगै कारुणिक र संघर्षलाई देखाएको बताउनुभयो । २५ भागमा लेखिएको उपन्यास प्रगतिशील, संघर्षशील र सत्य घटनामा आधारित भएको उहाँले बताउनुभयो ।

सोमबार, ०५ माघ, २०७७, बिहानको ११:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर