ओलीको गृहनगरमा ‘रेल’ !

दमक । सरकारको असंवैधानिक कदमविरुद्ध नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा प्रतिकात्मक रेलसहित प्रदर्शन गरेको छ ।

कांग्रेस दमक नगर समितिको आयोजनामा भएको विरोध ¥यालीमा प्रधानमन्त्रीले रेल र पानी जहाज ल्याउने ठूला–ठूला कुरा गरेर चुनाव जितेको तर अहिले भ्रष्टाचारी र कालोबजारीहरुको संरक्षणमा लागि नागरिकलाई आहात पु¥याएको भन्दै प्रतिकात्मक रेलको प्रदर्शन गरिएको थियो । सिटी रिक्सालाई रेलको प्रतिकात्मक बनाई गरिएको प्रदर्शनमा नेता कार्यकर्ता, भातृ संगठन र शुभेच्छुकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रदर्शनपछि दमक चोकमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै वक्ताहरुले ओली नेतृत्वको वर्तमान कम्युनिष्ट सरकार एकपछि अर्को असंबैधानिक कदम चाल्न उद्दत रहेकाले जनताका अधिकार कुण्ठित हुनुका साथै लोकतान्त्रिक व्यवस्था खतरामा पर्दै गएको टिप्पणी गरे । सभामा नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरुण दलका पूर्वउपाध्यक्ष मेदनीप्रसाद सिटौलाले ओली नेतृत्वको वर्तमान सरकारले संविधानमा नभएको अधिकार प्रयोग गरेर व्यवस्थापिका संसदको असमयमै अवसान गराएको जिकिर गर्नु भयो ।

कांग्रेस झापाका पूर्वसभापति पुर्णानन्द शर्माको प्रमुख आतिथ्यमा भएको सभामा कांग्रेस विधि र नीतिमा अडिग रहेको नेता शर्माले उल्लेख गर्नुभयो । सो अवसरमा कांग्रेस झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारी, महाधिवेशन प्रतिनिधि रेगिना भट्टराई, नगर सभापति रोशन विष्टलगायतले पनि धारणा राख्नु भएको थियो ।

शनिबार, ०३ माघ, २०७७, साँझको ०५:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर