संवैधानिक ‘कू’ नसच्चिएसम्म कांग्रेस सडकमै बस्नुपर्छ– डा.कोइराला

विराटनगर । नेपाली काग्रेंसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संवैधानिक ‘कू’ नसच्चिएसम्म सडक नछोड्ने बताउनुभएको छ ।

नेपाली काग्रेंसले आज देशव्यापी रुपमा आयोजना गरेको विरोध प्रदर्शनका क्रममा विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै नेता कोइरालाले काग्रेंसले सडकबाटै निकास दिने बताउनुभएको हो ।

प्रधानमन्त्रीले संविधानको मर्म र भावना विपरित प्रतिनिधि सभा विघटन गरेको भन्दै  संविधान विपरित गएर सर्वोच्च अदालतले समेत निर्वाचनमा जाने गरी फैसला गर्ने सम्भावना आफुले नदेखेको उहाँले बताउनुभयो । ‘संविधान विपरित सर्वोच्चले पनि निर्वाचनमा जाने गरी जाने निर्णय गर्न जस्तो लाग्दैन,’ कोइरालाले भननुभयो ‘यदि निर्वाचनमै जाने भनेछ भनेपनि हामीले सडक छोड्न हुँदैन निर्वाचनको सुनिश्चितताका लागि सडकमा संघर्ष जारि राख्नुपर्छ ।’

वर्तमान सरकार भ्रष्टाचारमा डुबेको भएपनि नेकपाका नेताहरुले त्यसको विरोध नगरेको भन्दै नेता कोइरालाले नेकपाको समेत विरोध गर्नुभएको छ । मुलुक वर्तमान अवस्थापमा पुग्नुमा नेकपाका अन्य नेताहरुको पनि उतिकै भूमिका रहेको बताउनुभयो। सरकारलाई अधिनायकवाद तर्फ अग्रसर बनाउनप्रचण्ड माधव नेपालहरु पनि उतिकै जिम्मेवार रहेको उहाँको भनाई थियो । उहाँले काग्रेंस आफ्नै बलमा एकलरुपमा आन्दोलनमा होमिनु पर्ने उहाँले बताउनुभयो । ‘विपि कोइरालाले कम्युनिष्टसँग कहिल्यै पनि सहकार्य नगर्नु भन्नुभएको थियो । अहिले हामीले त्यो कुरा सम्झेर व्यवहार गर्नुपर्ने बेला हो,’ उहाँले भन्नुभयो ।

विराटनगर आयोजित विरोध सभामा राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी, कांग्रेस केन्द्रयी सदस्य डीला संग्रौला, प्रदेश १ प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की, प्रदेशसभा सदस्य चुमनारायण तबदारलगायतले बोल्नुभएको थियो ।

सोमबार, १३ पुष, २०७७, दिउँसोको ०४:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर