प्रदेश १ प्रदेशसभा

माघ ७ गतेका लागि बैठक आव्हान

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै माघ ७ गतेका लागि प्रदेशसभा बैठक आव्हान गरिएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले माघ ७ गतेका लागि प्रदेशसभाको हिउँदे अधिवेशन आव्हान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा १५ दिन भित्र संसद बैठक बोलाउनु पर्ने व्यवस्था भएको हुँदा सरकारले संसदको अधिवेशन आव्हान गर्ने निर्णय गरेको हो । उक्त निर्णयका कारण अविश्वासको प्रस्ताव सामना गर्ने समयावधि थप दश दिन पर सरेको छ ।

आइतबार, १२ पुष, २०७७, साँझको ०५:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर