विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केन्द्रमा देखिएको विवाद प्रदेश १ मा पनि सरेको छ ।
विवाद बढ्दै जाँदा मुख्यमन्त्री शेरधन राईले आफू विरुद्धको अविश्वासको पत्रमा हस्ताक्षर गराउँदै हिंडेको भन्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई हिंजो पदमुक्त गर्नुभएको थियो ।
प्रचण्ड–माधव पक्षका आङ्बोलाई पदमुक्त गरेसँगै सोही पक्षका सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जयमाया गजमेर र उद्योग, वन तथा पर्यटन राज्यमन्त्री विजयकुमार विश्वासले पनि राजिनामा दिने तयारी गर्नुभएको बुझिएको छ । ‘राजिनामाको औपचारिक घोषणा केही बेरमा हुनेछ,’ एक मन्त्रीले भने, ‘हामीले राजिनामाको तयारी गरिरहेका छौं ।’