संसद पुनःस्थापना नभएसम्म आन्दोलनः मोदी

विराटनगर । प्रतिनिधी सभाका संसद अमनलाल मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विषय असंवैधानिक भएकोले पुनःस्थापनाको माग गर्नुभएको छ ।

मोरङको ग्रामथानमा शनिबार भएको एक कार्यक्रममा बोल्दै संसद मोदीले ओली अंहकारी भएकोले संसद विघटन अवैधानिक भएको भन्दै तत्काल पुनःस्थापना गर्न माग गर्नुभएको हो ।

‘संसदको जुन विघटन भयो त्यसलाई हामीले विरोध गरेका छौं । हाम्रो माग छ संसदको पुनःस्थापना गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘संसद पुनःस्थापना नभएसम्म आन्दोलन जारी रहनेछ ।’ उहाँले आगामी दिनमा सर्वोच्च अदालतले समेत संसद विघटनलाई समर्थन गर्यो भनेपनि आफूहरुले संघर्षलाई जारी राख्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भोलि सर्वोच्चले यो संसदको विघटनलाई समर्थन गर्छ भने पनि हाम्रो संघर्ष रोकिन्न् । हामीले फेरि देशमा बहुदलीय व्यवस्था कायम गर्नको लागि संसदीय प्रणालीलाई मजबुत पार्न, गणतन्त्रलाई सुदृढ पार्नको लागि र त्यसको रक्षाका लागि हाम्रो संघर्ष बढ्दै जान्छ ।’ उहाँले राष्ट्रपतिले समेत संविधानको संरक्षण गर्न नसकेको टिप्पणी गर्नुभयो ।

उहाँले संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रस्ताव र त्यसलाई स्वीकृत गर्ने राष्ट्रपति निर्णय असंवैधानिक, लोकतन्त्रविरोधी र व्यवस्थाकै विपक्षमा रहेको बताउनुभयो । ओलीको असंवैधानिक कदमले गैरराजनैतिक चरित्र देखाएको मोदीको भनाइ छ । राष्ट्रप्रमुख र कार्यकारी प्रमुख दुवैले असंवैधानिक र अलोकतान्त्रिक कदम चालेको उहाँले बताउनुभयो । असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा सबै लागेर दबाव सृजना गरेर सच्याउनका निम्ति बाध्य पार्न हरसम्भव प्रयास गरिनुपर्ने उहाँको भनाइ थियो ।

शनिबार, ११ पुष, २०७७, साँझको ०७:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर