प्रदेश १ मा सरकारी लेखाङ्कन प्रणालीबारे तालिम

विराटनगर । प्रदेश १ अन्तर्गतका कार्यालयहरूका आर्थिक प्रशासन शाखामा कार्यरत कर्मचारीहरूलाई सरकारी लेखांकन प्रणालीबारे क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम कार्यान्वयन इकाईले प्रदेश लेखा नियन्त्रक कार्यालयको सहयोग तथा सहजीकरणमा तालिम सञ्चालन गरेको हो ।

विराटनगरमा ४ दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन मुख्यमन्त्री तथा मन्त्री परिषद्काको कार्यालयका प्रमुख सचिव दिनेश भट्टराईले उद्घाटन गर्नुभयो । तालिममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासकीय सुधार महाशाखाका सचिव सरोजप्रसाद गुरागाइँ, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव उत्तरकुमार खत्री, प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख दामोदर खत्रीलगायतले तालिमको महत्वबारे प्रकाश पारेका थिए ।

तालिममा प्रदेशका विभिन्न कार्यालयमा कार्यरत लेखा अधिकृत, लोखापाल, सह–लेखापाल गरी ३१ जनाको सहभागिता छ । तालिममा प्रादेशिक कार्यालय तथा मन्त्रालयहरुमा कार्यरत लेखा एवं आर्थिक प्रशासन शाखाका कर्मचारीहरुलाई सरकारी लेखा प्रणाली कार्यान्वयनका क्रममा आइपरेको समस्या र समाधान बारे छलफल तथा प्रयोगात्मक प्रशिक्षण गराईने छ ।

शनिबार, ११ पुष, २०७७, साँझको ०७:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर