लोड हुँदैछ...

मेनु

नयाँ आठ जना मन्त्री थपिए

नयाँ आठ जना मन्त्री थपिए

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आठ जना नयाँ मन्त्री थप गर्दै मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । नयाँ मन्त्रीहरुले आजै साँझ राष्ट्रपतिबाट सपथ लिएका छन् ।

थप गरिएका मन्त्रीहरुमा टोपबहादुर रायमाझी (उर्जा), मणि थापा (खानेपानी), प्रभु साह (शहरी विकास), प्रेम आले (वन), गणेश ठगुन्ना (सामान्य प्रशासन), गौरी शंकर चौधरी (श्रम), दावा लामा (युवा तथा खेलकुद), जुली कुमारी महतो (महिला बालबालिका), विमला विश्वकर्मा (उद्योग राज्यमन्त्री), भानुभक्त ढकाल (पर्यटनः मन्त्रालय हेरफेर), हृदयेश त्रिपाठी (स्वास्थ्यः मन्त्रालय हेरफेर), लीलानाथ श्रेष्ठ (कानुन), शिवमाया तुम्बाहाङ्फे (भूमिसुधार), पद्मा अर्याल (कृषि), कृष्ण गोपाल श्रेष्ठ (शिक्षा) रहेका छन् ।

यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिलामन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका हुन्।

प्रतिनिधिसभा विघटन गरेसँगै प्रधानमन्त्रीको कदममा असहमति जनाउँदै यसअघि सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। रिक्त पदमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरु नियुक्त गर्नुभएको हो ।

केही मन्त्रालय हेरफेर, केहीलाई बर्खास्त

यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानुन र कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बन्नुभएको छ । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ भने शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री हुनुभएको छ । यता युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र उद्योग राज्यमन्त्री मोतीलाल दुगर्ड मन्त्री पदबाट बर्खास्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।