उच्च अदालत विराटनगरको परमादेश

उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को पौष ११ गते हुने भनिएको साधारणसभा तथा निर्वाचन स्थगित भएको छ ।

उच्च अदालत विराटनगरले निषेधाज्ञायुक्त परमादेश जारी गरेपछि निर्वाचन स्थगित भएको हो । साधारणसभाबाट कार्यकारिणी समितिमा अध्यक्षसहित १३ जना चयन गर्ने कार्यक्रम थियो । तर अदालतको आदेशानुसार निर्वाचन स्थगित भएको हो । महासंघको सदस्यता सम्बन्धी विवाद नमिल्दा गर्ग प्रिन्टर्सले उच्च अदालत विराटनगरमा रिट दायर गरेको थियो ।

अदालतले शुक्रबार निवेदकको पक्षमा अन्तरिम आदेश जारी गर्दै पौष १४ गतेको तारेख तोकी विपक्षीलाई छलफलका लागी बोलाएको छ । ‘प्रस्तुत निवेदनमा अन्तरिम आदेशको समेत माग गरेको देखिदा दुवै पक्षको छलफलबाट सो सम्बन्धमा निर्णय हुने उपयुक्त हुने भएकाले अन्तरिम आदेशको छलफलका लागी निवेदकलाई मिति २०७७/०९/१४ को तारेख तोकी सो को सुचना विपक्षीहरुलाई समेत दिई उक्त अवधिसम्मका लागी प्रकाशित सुचना अनुसारको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को निर्वाचन नगर्नु नगराउनु भनि विपक्षीहरुका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ,’ उच्च अदालतका न्यायाधीश राजन प्रसाद भट्टराइएको एकल इजलासले दिएको निषेधाज्ञायुक्त परमादेशमा भनिएको छ ।

उक्त मुद्धामा निवेदकको तर्फबाट अधिवक्ताहरु शान्तिराम भण्डारी, सिताराम राई, रामप्रसाद भण्डारी, पुनमप्रसाद गुप्ता र विनोदकुमार तिमिल्सेनाले बहस गर्नुभएको थियो ।

शुक्रबार, १० पुष, २०७७, साँझको ०५:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर