विराटनगर । औपचारिक रुपमा फुटको घोषणा नभएपनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजन स्थानीय तहसम्म पुगेको छ । केन्द्र, प्रदेश हुँदै स्थानीय तहसम्मका पार्टी नेतृत्वले आफ्नो कित्ता स्पष्ट गर्दै दृष्टिकोणहरु सार्वजनिक गर्न थालेका छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिकाका २० वार्डमध्ये १६ वार्ड कमिटीहरु पार्टीले विभाजनको विरोध गर्दै अध्यक्षद्वय प्रचण्ड र माधव नेपालको नेतृत्वमै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
विभिन्न १७ वार्ड कमिटीका अध्यक्ष र सचिवले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी जनताको सर्वोच्च जनप्रतिनिधिमुलक संस्था प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक, अलोकतान्त्रिक र गैह्रकम्युनिष्ट चरित्र प्रदर्शन गरेको भन्दै त्यसको भत्र्सना गरेका हुन् । उनीहरुले जनभावनामाथि कुठाराघात गरी पार्टी विभाजन गर्ने कार्यको भत्र्सना गर्दै विभाजनको भ्रममा नपर्न र सबैलाई एकतावद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।
यसरी विज्ञप्ति जारी गरी फुटको विरोध गर्नेहरुमा इटहरी महानगरपालिका १ का अध्यक्ष दलबहादुर समाल मगर, सचिव मिन रााना मगर, वार्ड नं. २ का अध्यक्ष भीमादेवी तुम्बाहाम्फे, सचिव लक्ष्मि खनाल, वाार्ड नं. ३ का अध्यक्ष गोपाल तामाङ, सचिव पवित्रा कोइराला, वार्ड नं. ४ का अध्यक्ष दीपक गौतम, सचिव टिका पराजुली, वार्ड नं. ५ का अध्यक्ष भिष्म घिमिरे, सचिव राजकुमार राई, वार्ड नं. ६ का अध्यक्ष दधिराम चुवान, सचिव मोहन प्रसाद ओझा, वार्ड नं. ७ का अध्यक्ष मौनाही चौधरी, सचिव रमेश भट्टराई, वार्ड नं.८ का अध्यक्ष शिवप्रसाद तिम्सिना, सचिव बेदप्रसाद चापागाई वार्ड नं. १० का अध्यक्ष राजन पराजुली, सचिव आशाराम चौधरी हुनुहुन्छ ।
यस्तै वार्ड.नं. ११ का अध्यक्ष सत्यनारायण चौधरी, सचिव मिलन अधिकारी, वार्ड नं. १३ का अध्यक्ष प्रेमकुमार चौधरी, सचिव सरोजकुमार गिरी, वाार्ड नं. १४ का अध्यक्ष भूमि चौधरी, सचिव अजित हुसेन, वार्ड नं.१६ का अध्यक्ष शान्ती ओझा, सचिव भिमेन्द्रकुमार चौधरी, वार्ड नं. १८ का अध्यक्ष पिताम्बर थाापा, सचिव संगीत वस्नेत, वार्ड नं. १९ का अध्यक्ष सोमनाथ निरौला, सचिव यमकला राईले पनि फुटको पक्ष लिन नहुने भन्दै पार्टीलाई एकतावद्ध राख्न क्रियाशिल रहने घोषणा गर्नुभएको छ ।
यसैगरी वार्ड नं. १५ का अध्यक्ष इन्दिरा चौधरी, २० का अध्यक्ष केदार प्रधान, वार्ड नं. ९ का सचिव कपिल घिमिरे, वार्ड नं. १२ का सचिव दीपक रसाइली, वार्ड नं. १७ का सचिव एकराज रेग्मीले पनि पार्टी एकता अपरिहार्य भएको भन्दै प्रतिगामी कदममा साथ नदिने बताएका छन् ।
इटहरी महानगरपालिकाका २० वडा मध्ये १८ वार्ड अध्यक्ष र १८ सचिवहरुले केपी ओली समूहको गतिविधिलाई प्रतिगामी र अलोकतान्त्रिक भन्दै विरोध गरेको छ ।