लोड हुँदैछ...

मेनु

नेकपाको प्रदेश १ का १४ जिल्ला इञ्चार्जको घोषणा

ओलीको प्रतिगामी कदमलाई साथ दिन सक्दैनौं (विज्ञप्ति सहित)

ओलीको प्रतिगामी कदमलाई साथ दिन सक्दैनौं (विज्ञप्ति सहित)

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रदेश १ का १४ मध्ये १३ जिल्लाका इन्चार्जहरुले कम्युनिष्ट आन्दोलनको मुलधारमा प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कमदको विरोध गरेका छन् ।

बिहीबार १३ जिल्ला इन्चार्ज, विराटनगर महानगरपालिकाका इन्चार्ज र खोटाङ जिल्ला सह-इन्चार्जले संयुक्त प्रेस विज्ञप्ति जारी गरी ओलीको कदमको कडा विरोध गरेका हुन् ।

विज्ञप्तिमा पार्टी एकताका बैचारिक–राजनैतिक आधार र भावनाहरुमाथि गम्भिर प्रहार गर्दै पार्टीको सर्वस्वीकृत संगठनात्मक सिद्धान्त विधि र पद्धतिमाथि ठाडो धावा बोलेर चरम व्यक्तिवादी गतिविधि गरी पार्टी फुटाउने दुस्साहस गरेको उल्लेख छ ।

पार्टीभित्र गम्भीर छलफल, बहस, समीक्षा, र रुपान्तरणको अभियान चलिरहेको बेला पार्टीलाई छलेर असंवैधानिक ढंगले ओलीले प्रतिगामी शक्तिको हितमा हुने गरी पार्टी विभाजन गर्ने प्रयत्न गरेको भन्दै जिल्ला इन्चार्जहरुले विरोध गरेका हुन् ।
‘केपी ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा गैह्रसंवैधानिक ढंगले गरिएको प्रतिनिधि सभा विघटनको घोषणा अलोकतानित्रक प्रतिगामी र निरंकुश मात्र नभई नेपाली जनताको घोर अपमानसमेत भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति मार्फत प्रदेश १ का सम्पूर्ण नेता, कार्यकर्ता, पार्टीपङ्ति र प्रदेशबासी जनसमुदायमा फुटपरस्त गैह्रकम्युनिष्ट र परिवर्तन विरोधी गतिविधिहरुबाट भ्रमित नभई नेपालको कम्युनिष्ट आन्दोलन र नेकपाको सुदृढ एकताको पक्षमा, समाजवाद र समृद्धिको पक्षमा दृढतापूर्वक उभिन इन्चार्जहरुले अपिलसमेत गरेको छ ।

प्रदेश १ ताप्लेजुङका इन्चार्ज भाष्कर काफ्ले, पाँचथरका इन्चार्ज इन्द्रबहादुर आङ्बो, इलामका इन्चार्ज धिरेन्द्र शर्मा, झापाका इन्चार्ज रविन कोइराला, मोरङका इन्चार्ज भनेन्द्र बस्नेत, सुनसरीका इन्चार्ज धर्मराज निरौला, धनकुटाका इन्चार्ज हेमराज भण्डारी, तेह्रथुमका इन्चार्ज जयन्ती राई, संखुवासभाका राजेन्द्र राई, भोजपुरका इन्चार्ज सुदन रिाँती, सोलुखुम्बुका इन्चार्ज हेमकुमार राई, ओखलढुंगाका इन्चार्ज यज्ञराज सुनुवार, र उदयपुरका इन्चार्ज बलदेव चौधरीले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका हुन् ।

यस्तै प्रदेश १ का एकमात्र महानगरपालिका विराटनगरका इन्चार्ज शिवकुमार मण्डल र खोटाङका सहइन्चार्ज समिता कार्कीले पनि विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई खोटाङका इन्चार्ज विशाल भट्टराईले मात्र साथ दिनुभएको छ । पछिल्लो पटक ओली समूहले भट्टराईलाई केन्द्रयि समितिमा थप गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds