विराटनगर । ‘जीवन यहाँ यस्तै छ’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। ‘उदयपुर मिडिया हब’ले निर्माण गरेको उक्त म्युजिकभिडियो अहिले धेरैले राम्रो भएको प्रतिक्रिया दिईरहेका छन्। उक्त गीतको शब्द, संगीत र स्वर प्रेम सेन्चुरीको रहेको छ भने उनलाई वरिष्ठगायिका सपनाश्रीले साथ दिएकी छिन्।
नेपाली घरगाउॅको जनजीवनको पीडालाई यथार्थमा उतार्ने प्रयास गरिएको उक्त गीतको म्युजिक भिडियो वास्तवमै स्तरीय बनेको निर्माण पक्षको दाबी छ ।
कलाकारहरु अप्सरा चाम्लिङ राई, परिस्मा राई, गणेश प्रदेशी, दिनेश राई(कान्छा)ले अभिनय गरेका छन् भने स्वयम् गायक प्रेम सेन्चुरीले समेत अभिनय गरेका छ्न्। यस म्युजिक भिडियोको निर्देशन उदयपुर मिडिया हबका सदस्य प्रेम जंग किरॉतीले गरेका हुन्।
यस गीतलाई संयुक्त राज्य अमेरिका र उदयपुर जिल्लाकै चौदण्डिगढी नगरपालिकाको गढन्तामा छायांकन गरिएको हो।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।