विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको विरोधमा प्रमुख चार राजनीतिक दलले विराटनगरमा प्रदर्शन गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काग्रेंस, जनता समाजवादी पार्टी, एकीकरणको प्रकृयामा रहेको राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमका विरुद्धमा एकीकृत ढंगबाट आन्दोलन अघि बढाउने निर्णय गरेसँगै विरोध प्रदर्शनमा उत्रिएका हुन् ।