लोड हुँदैछ...

मेनु

संसद विघटन विरुद्ध मोरङका सबै दल एकमत

संसद विघटन विरुद्ध मोरङका सबै दल एकमत

आज ४ बजे संयुक्त विरोध प्रदर्शन हुने

विराटनगर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको घटनाका विरुद्धमा मोरङका चार राजनीतिक पार्टीहरुले संयुक्त आन्दोलन सुरु गरेका छन् ।

विराटनगरमा सर्वदलिय बैठक गरेर नेकपाका केहि केन्द्रीय सदस्य, नेपाली कांग्रेस, समाजवादी पार्टी, राजपाका जिल्लाका नेताहरुले संयुक्त रुपमा प्रधानमन्त्रीको कदमको विरुद्धमा आन्दोलनमा जाने निर्णय गरेको छ ।

सर्वदलीय बैठकमा नेकपाका कन्द्रीय सदस्य महेश रेग्मी लगायत जिल्ला तथा नगरका नेताहरुको सहभागिता थियो । पधानमनत्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रीक भएको भन्दै त्यसको घोर विरोध गर्ने निर्णय भएको नेकपा मोरङका सचिव शुसिल उप्रेतीले बताउनुभयो ।
बैठक लगतै सोमबार अपरान्ह नै विरोध जुलुस प्रदर्शन को तयारीमा जुटेको नेताहरुले बताएका छन् । तीनपैनी चोकबाट जुलुस प्रदर्शन सुरु भई ट्राफिकचोकमा कोणसभा हुने बताइएको छ ।

 

 

1 प्रतिक्रिया

1 प्रतिक्रिया

रिम बस्याल
December 21, 2020 4:05 PM

आन्दोलन को आधिवेरी ल्याउनु पर्छु

प्रतिक्रियाहरू बन्द छन्।

This will close in 0 seconds