विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४३ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १२०, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १६, विराट मेडिकल कलेजबाट ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ र न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन् ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार ३९० पुगेको छ ।
प्रदेश १ मा शुक्रबार ४३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १४, मोरङमा १२, झापामा ६, ताप्लेजुङमा २, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
सुनसरीको इटहरीमा ७, धरानमा ५ र रामधुनीमा २, विराटनगरमा ५, केराबारी र ग्रामथानमा २–२, उर्लाबारी, लेटाङ र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोड र दमकमा २–२, भद्रपुर र बुद्धशान्तिमा १–१, ताप्लेजुङको पाथीभरा याङवरक र मैंवाखोलामा १–१, संखुवासभाको खाँदबारी र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार २३० पुगेको छ ।
प्रदेशमा शुक्रबार ५६२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २१ महिला र २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३ हजार ४२६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।