विराटनगर । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले पार्टीका नेता रामचन्द्र पौडेललाई धरपकड गरेको बाहनामा आफूहरु सडकमा आएको बताउनु भएको छ । विराटनगरमा आज आयोजित विरोधसभालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले यस्तो बताउनु भएको हो ।
‘सरकारले जनता र लोकतन्त्र विरोधी गतिवधि अगाडि बढायो, भ्रष्टाचार, अनियमितता पनि बढायो, हामीले ३ वर्षसम्म हेरेर बस्यौं,’ कोइरालाले भन्नुभयो, ‘अनि बाध्य भएर पौडेलजी माथि जस्तो हस्तक्षेप भयो त्यसलाई बाहना बनाएर ७७ वटै जिल्लामा हामीले विरोध जनाउन सडकमा आएका हौं ।’
आउँदो निर्वाचनमा एक बनाएर अगाडि बढाउने आफ्नो दायित्व भएको भन्दै कांग्रेस एक भएको खण्डमा कोही मिल्दैमा कांग्रेसलाई हराउन नसक्ने उहाँले बताउनु भयो ।
कांग्रेसको आदर्श, इतिहास र विचार भएको कारण कसैले हराउन नसक्ने दाबी गर्दै कोइरालाले हालसम्मको नेपालको आन्दोलनको नेतृत्व गर्दै आएको र आर्थिक समृद्धिको सुरुवात पनि कांग्रेसले नै सुरु गरेको दाबी गर्नुभयो ।
विरोधसभा हुनु अघि कांग्रेसका तरुण दलले विरानगरस्थित तीन पैनीबाट मोटरसाइकल ¥याली निकालेको थियो । उक्त र्याली नगर परिक्रमा पछि जनआन्दोलन चोकमा पुगेर सभामा परिणत भएको थियो । कांग्रेसले मोरङका १७ वटै स्थानीय तहबाट आएका कार्यकर्ताहरुसहितको ¥याली पनि निकालेको थियो ।
तस्बिरहरुः