कांग्रेसले विराटनगरमा १० हजार कार्यकर्ता उतार्ने

विराटनगर । नेपाली काग्रेंस मोरङले सरकारविरुद्ध मंसिर २९ गते विराटनगरमा हुने विरोध प्रर्दशनमा करिब १० हजार कार्यकर्ता उतार्ने तयारी गरेको छ ।

देशव्यापी हुने विरोध प्रर्दशनमा मोरङ कागं्रेसले प्रदेश १ को राजधानी विराटनगरमा वृहत प्रर्दशन गर्ने जानकारी दिएको हो । विरोध प्रदर्शनमा मोरङका १७ वटै स्थानीय तहका कार्यकताहरूको सहभागी रहने नेपाली काँग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुले जानकारी दिनुभयो । विराटनगरमा हुने प्रर्दशनमा ८ देखि १० हजार जनाको सहभागी रहने बताउनुभयो ।

विराटनगरस्थित वीरेन्द्र सभागृह अगाडि १२ बजे भेलाभई गोल्छाचौक हुँदै मेनरोड, वडा प्रहरी कार्यालय भई जनआन्दोलन चौकमा पुगेर कोणसभामा परिणत हुनेछ । सभामा काँग्रेसका महामन्त्री सशांक कोइराला, केन्द्रीय सदस्य गुरूराज घिमिरे, लगायतका केन्द्रीय तहका नेताहरूले सम्बोधन गर्नेछन् । ‘२९ मंसिरमा हुने वृहत विरोध प्रर्दशनको प्रचारप्रसारको तयारी भइरहेको छ,’ सभापति लिम्बुले भन्नुभयो, ‘आइतबार दिउँसो विराटनगरमा तरूण दलले मोटरसाइकल ¥याली निकाल्ने छन् । यो विरोध प्रर्दशनको पूर्वसन्धयामा निस्किने ¥याली हो ।’

काँग्रेसले सरकारको कार्यशैलीविरुद्ध प्रर्दशन गरिने सभापति लिम्बुले बताउनुभयो । ‘राज्य अहिले अभिभावक विहीन बनेको छ,’ सभापति लिम्बुले हाम्रोमतसँग भन्नुभयो, ‘अहिले हत्या, हिंसा बढेर गएको छ । जनता असुरक्षित महसुस गर्न थालेका छन् ।’ कोरोना नियन्त्रणमा सरकारको असफलता र कोरोनाको नियन्त्रण गर्ने नाममा भएको भ्रष्टाचारको विरोधमा प्रदर्शन गर्ने उहाँले बताउनुभयो । यस्तै तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्र्यवहारको पनि घोर भत्र्सना गरिने सभापति लिम्बुले बताउनुभयो । बाँकी आन्दोलन केन्द्रीय कमिटिको सर्कुलेसन अनुसार अगाडी बढने उहाँले बताउनुभयो ।

आइतबार, २८ मंसिर, २०७७, दिउँसोको ०१:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर